गुल्मीका तीन तहमा माओवादीको अधिवेशन सम्पन्न

गुल्मी- नेकपा माओवादी केन्द्र गुल्मीले तीन स्थानीय तहमा गाउँ कमिटी विस्तार गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका, छत्रकोट र गुल्मीदरवार गाउँपालिकाको गाउँ अधिवेशन सम्पन्न भएका हुन् ।
मुसिकोट नगरपालिकामा दुर्गा विकको अध्यक्षतामा ५१ सदस्य कमिटी निर्माण गरिएको छ । कमिटीको उपाध्यक्षमा प्रेमबहादुर खड्काथोकी, रोमाकान्त खरेल र चन्द थापा छन् । सचिवमा युवराज खरेल, सहसचिवमा प्रकाश चालिसे र कोषाध्यक्षमा दिपम खराल रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए ।
छत्रकोट गाउँपालिकामा लोकनाथ पाण्डेयको अध्यक्षतामा ४९ सदस्य कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्ष रामचन्द्र कँडेल, रामप्रसाद पाण्डेय र तारापति ज्ञवाली छन् । सचिवमा सरोज पाण्डेय, सहसचिव भागवत गिरी र कोषाध्याक्ष इन्दिरा पाण्डेय रहेको माओवादी केन्द्र गुल्मीका संयोजक बिर बहादुर कार्कीले जानकारी दिए ।
गुल्मी दरवार गाउँपालिकामा पुनाराम ज्ञवालीको अध्यक्षतामा ४९ सदस्य गाउँकमिटी विस्तार गरिएको छ । कमिटीको उपाध्यक्षमा शेरबहादुर सरतुंगी, झकबहादुर विक र यमबहादुर पाण्डेय छन् । सचिवमा राजन रेश्मी, सहसचिवमा कमलप्रसाद कँडेल र कोषाध्यक्ष शिला सरतुंगी रहेको कार्कीले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया