सुर्खेतमा बहुविवाह मुद्दामा फरार महिला पक्राउ

सुर्खेत - सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयले बहुविवाह मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ । बराहताल गाउँपालिका–१०को ३० वर्षीया लक्ष्मी सारुलाई प्रदेश कार्यालयको अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त मुद्दामा सुर्खेत जिल्ला अदालतको आदेशले एक हजारसहित एक वर्ष छ महिना कैद सजाय सुनाएपछि उनी फरार थिइन् ।
पक्राउ परेकी सारुलाई शुक्रबार नै सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । रासस

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया