कांग्रेस अधिवेशन: महोत्तरीमा विवादित वडा, नगर र क्षेत्रमा आज मतदान हुँदै

महोत्तरी- नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सर्वसम्मतिमा टुंगिन नसकेपछि क्षेत्र नम्बर १ मा निर्वाचन हुने भएको छ । आकांक्षी उम्मेदवारहरूबीच विवाद सिर्जना भएपछि महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ र ३ मा मतदान हुने भएको हो ।
क्षेत्र नम्बर ४ मा सर्वसम्मतिमा टुंगिएको छ भने क्षेत्र नम्बर २ मा सहमति भइसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ । क्षेत्र नम्बर ३ मा भने अझै विवाद कायम नै छ । मनरासिस्वा नगरपालिका-८ मा पनि आजै मतदान हुँदै छ । वडा अधिवेशन सकिएपछि मात्र क्षेत्र नम्बर ३ मा चुनाव हुने नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र राय यादवले जानकारी दिए ।
क्षेत्र नम्बर ३ मा विवादका कारण अझै प्रदेश प्रतिनिधि चयन हुन सकेको छैन । पालिका, क्षेत्रीय र प्रदेश प्रतिनिधि चयन गर्ने प्रक्रिया सकिएपछि मात्र जिल्ला अधिवेशनको तयारी गर्ने सभापति यादवको भनाइ छ ।
लामो विवादकै कारण अझै बल्वा नगरपालिकामा अधिवेशन हुन सकेको छैन । बल्वा नगरपालिकाको विवादलाई आजै सावधान गरी निष्कर्षमा पुर्याइने नेपाली कांग्रेसको तयारी छ । बल्वा नगरपालिकाको नगर अधिवेशन र मनरासिस्वा नगरपालिका-८ को अधिवेशन सम्पन्न भएपछि महोत्तरीमा नेपाली कांग्रेसको वडा र नगर अधिवेशन सम्पन्न हुने छ ।

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया