कांग्रेस ललितपुर सभापतिमा तीन जना प्रतिस्पर्धामा, मतदान सुरु

ललितपुर- नेपाली कांग्रेस ललितपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । ललितपुर जावलाखेलस्थित स्टाफ कलेजमा बिहान ८ बजेबाट मतदान सुरु भएको निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए ।
दिउँसो साढे २ बजेसम्म मतदानकाे समयसीमा ताेकिएकाे छ । सभापतिका लागि रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् । मतदान अधिकृत सुरेश घिमिरेका अनुसार उपसभापतिमा कर्म व्यञ्जनकार,खोमप्रसाद घिमिरे, गजेन्द्र महर्जन र सुदर्शन घिमिरेको उम्मेदवारी परेको छ ।
सचिवमा अमिर बज्राचार्य,कृष्णभक्त महर्जन,राजनप्रसाद घिमिरे, वशिष्टप्रसाद अधिकारी र विष्णुप्रसाद तिमल्सिना प्रतिस्पर्धामा छन् । सहसचिवमा अमृतबहादुर महर्जन,ऋषिदेव फूयाँल, गणेश केसी र नवीन्द्रदेव सिंहकाे उमम्देवारी छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया