भक्तपुरमा आज माओवादीको नगर सम्मेलन
भक्तपुर- भक्तपुरका चार वटै स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नगर सम्मेलन आज शनिबार हुने भएको छ । भक्तपुरका चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि र भक्तपुर नगरपालिकामा एकै दिन नगरसम्मेलन हुन लागेको हो ।
सम्मेलनबाट जिल्लामा नयाँ नेतृत्व समेत चयन हुने छ । पार्टी जिल्ला समन्वय समितिका संयोजक डिपी ढकालका अनुसार सहमति नभए निर्वाचनबाट नेतृत्व चयन हुनेछ ।
यद्यपि जिल्ला समिति खारेज गरेको माओवादी केन्द्रमा जिल्ला सदस्यलाई समेत नगरमा समेट्नुपर्ने सकस भएको उनले स्वीकार गरे । सम्मेलन चाँगुनारायणको तपादम्फोस्थित नगरपालिकाकै हलमा, सूयैविनायकको सूर्यविनायक रिसोर्टमा,मध्यपुर थिमिको बालकुमारी मन्दिर प्राङ्गणमा र भक्तपुर नगरपालिकाको च्वङ्गागणेशस्थित नमस्ते ब्याङ्क्वेट हुने भएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया