रूसी राष्ट्रपति पुटिन डिसेम्बरमा भारत आउने

भारत- रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी डिसेम्बरमा भारत आउने भएका छन् । भारत-रूस बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ डिसेम्बर ६ तारिखमा भारत आउने तय भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् ।
उक्त अवसरमा रूसी राष्ट्रपति पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भेटवार्ता पनि हुने बताइएको । उनीहरूका बीचमा सन् २०१९ पछि पहिलो पटक भेटवार्ता हुने भएको हो ।
यसअघि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनका बीचमा सन् २०१९ को नोभेम्बरमा ब्रासिलियामा भएको ब्रिक सम्मेलनका क्रममा भेटवार्ता भएको थियो ।
भारत भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने र दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गर्ने जनाइएको छ ।
त्यसैगरी आपसी सहकार्य बढाउने र दुई पक्षीय सम्वन्धलाई थप मजबुद बनाउने बारेमा पनि छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले शुक्रबार भने, 'रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही डिसेम्बर ६ तारिखमा भारतको औपचारिक भ्रमण गर्ने भएको छ, त्यसका लागि उहाँ केन्द्रीय राजधानी नयाँ दिल्ली आउनुहुने भएको छ ।'
'२१औँ भारत-रूस बार्षिक सम्मेलनमा सहभागी हुन उनी आउने भएको हो र सो अबसरमा भारतीय उच्च अधिकारीहरूसँग भेट्ने कार्यक्रम समेत रहेको छ,' प्रवक्ता बागचीले थपे ।
साप्ताहिक पत्रकार सम्मेलनका क्रममा उनले दुई देशबीचमा सम्वन्ध थप मजबुद बनाउन र आपसी सहकार्य बढाउन राष्ट्रपति पुटिनको भ्रमण फलदायी हुने विश्वास पनि व्यक्त गरे ।
उनीहरूले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चासो र सरोकारका विषयमा समेत छलफल गरेर समान धारणा र योजना बनाउन प्रयास पनि गर्ने प्रवक्ता बागचीको भनाइ छ ।
रूस र भारतले हरेक बर्ष यस्तै बार्षिक सम्मेलन गर्दै आएका छन् । यसअघि सन् २०२० मा कोरोना महामारीका कारण सम्मेलन हुन सकेको थिएन भने सन् २०१९ को बार्षिक सम्मेलन रुसमै भएको थियो । त्यतिबेलाको सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी रूस गएका थिए । (एएनआई)

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया