मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

इथियोपियाका ९० लाख मानिसलाई खाद्य संकट पर्नसक्ने राष्ट्रसंघको चेतावनी

अदिस अबाबा- द्वन्द्वग्रस्त मुलुक इथियोपियामा ९० लाखभन्दा बढी मानिसलाई खाद्य सङ्कट पर्न सक्ने देखिएको छ । 

संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व खाद्य कार्यक्रमले शुक्रबार दिएको जानकारी अनुसार इथियोपियाका ९० लाखभन्दा बढीलाई खाद्य अभाव हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने भएको छ । 

इथियोपियामा खाद्य सङ्कट उत्पन्न हुने बारेमा अन्तर्राष्ट्रिय समुदायको तत्काल ध्यानाकर्षण गराउनु पर्ने राष्ट्रसंघीय अधिकारीहरूको भनाइ छ । 

अफ्रिकी देशहरूमध्ये दोस्रो धेरै जनसङ्ख्या भएको द्वन्द्वग्रस्त मुलुक इथियोपियाका लागि अहिलेदेखि नै खाद्य व्यवस्थापनको तयारी नगरिए ठूलो मानवीय क्षति हुन सक्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।  

इथियोपियामा सरकारी पक्ष र विद्रोही टिपीएलएफ समूहका बीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । (एएफपी)