‘विधान अधिवेशन फेल’ गराएर एमालेले किन थप्यो पदाधिकारी संख्या ?
प्रवक्ता ज्ञवाली भन्छन्, ‘आवश्यकताका आधारमा बढाइयो’

सौराहा – नेकपा एमालेले केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने भएको छ । सौराहामा शुक्रबार राति बसेको पार्टीको अन्तिम केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरेको कार्यालय सचिव शेबहादुर तामाङले जानकारी दिए । उनकाअनुसार एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णयसमेत गरेको छ । ४५ सदस्यीय स्थायी समिति यथावत रहने भएको छ ।
पदाधिकारी १९ सदस्यीय बनाउने निर्णय भएको उनले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष १ जना, उपाध्यक्ष ६ जना, महासचिव १, उपमहासचिव सचिव ३ र सचिव ७ जना रहने भएका छन् ।
गत मंसिर ५ मा एमाले सचिव प्रदीप ज्ञवालीले भने पदाधिकारी संख्या नथपिने दाबी गरेका थिए । पार्टीभित्र एमाले अध्यक्ष केपी ओलीलाई पदाधिकारी संख्या थप्न लगातार दबाब आइरहेको चर्चामाझ ज्ञवालीले पदाधिकारी नथपिने बताएका थिए । प्रेस चौतारी उपत्यका प्रदेश कमिटीको कार्यक्रममा इकागजले राखेको प्रश्नमा उनले विधान संशोधन गर्ने अधिकार राष्ट्रिय महाधिवेशनलाई भएपनि पदाधिकारी थप्न विधान संशोधन नगरिने बताएका थिए ।
‘विधान संशोधन हुने सम्भावना छैन । योग्यहरूको पंक्ति ठूलो छ, पदाधिकारी संख्या दोब्बर नै बनाएपनि सबैलाई समेट्न गाह्रो छ,’ ज्ञवालीले भनेका थिए, ‘सबै खाले मनोविज्ञानको व्यवस्थापन हुने गरी १५ जना भित्र नै नेताहरूको व्यवस्थापन हुन्छ ।’
ज्ञवाली भने अहिले पार्टीमा सर्वसम्मतीको दिशामा लैजान पदाधिकारी संख्या थपिएको बताउँछन् । इकागजसँग कुराकानी गर्दै ज्ञवालीले पदाधिकारी थपेर सर्वसम्मतीको दिशामा जाने देखिएपछि थपिएको बताए । ‘पार्टीमा सर्वसम्मती हुनुपर्छ भन्ने कार्यकर्ताको माग भएकाले पदाधिकारी थप्यौं । पदाधिकारी थप गर्ने निर्णयले पार्टीलाई अब सर्वसम्मतितर्फ धकेलेको छ,’ उनले भने । ज्ञवालीले पार्टी अध्यक्ष ओलीलाई पार्टीभित्रबाट आएको दबाब भन्दा पनि आवश्यकताका आधारमा पदाधिकारी संख्या थप गरिएको दाबी गरे ।
त्यस्तै एमाले सचिव योगेश भट्टराईको तर्क पनि उस्तै छ । उनले पनि आवश्यकताका आधारमा संख्या थपिएको तर्क गरे । एमाले नेता मणि थापाले पनि महाधिवेशनमा सर्वसम्मतिका लागि संख्या बढाइएको दाबी गरे । तर, यतिले मात्रै सहमतिमै महाधिवेशन सकिनेमा ढुक्क भने हुन नसकिने उनको भनाइ छ । सहमतिमै महाधिवेशन 'सम्पन्न हुने एउटा आधार त यो हो,' शुक्रबार मध्येराति थापाले इकागजसँग भने, 'तर, यतिले मात्रै सबै सहमतिमै हुन्छ भन्नेमा ढुक्क हुँदैन । भोलि सहमितका नामम कसैलाई चित्त बुझेन भने प्रतिस्पर्धा हुन पनि सक्छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया