शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

एमालेले बढायो केन्द्रीय कमिटीको आकार: पदाधिकारीको संख्‍या १९ पुर्‍याइयो

सौराहा –  नेकपा एमालेले केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने भएको छ । सौराहामा शुक्रबार राति बसेको पार्टीको अन्तिम केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरेको कार्यालय सचिव शेबहादुर तामाङले जानकारी दिए । उनकाअनुसार एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णयसमेत गरेको छ । ४५ सदस्यीय स्थायी समिति  यथावत रहने भएको छ । 

पदाधिकारी १९ सदस्यीय बनाउने निर्णय भएको उनले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष १ जना, उपाध्यक्ष ६ जना, महासचिव १, उपमहासचिव सचिव ३ र सचिव ७ जना रहने भएका छन् ।