शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

कांग्रेस बर्दियामा संस्थापन पक्षको बहुमत

बर्दिया - बर्दियामा शुक्रबार सम्पन्न नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा संस्थापन पक्षले बुहमत ल्याएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय  जिल्ला सभापतिलाई संस्थापन पक्षले बहुमतसहित हराएको हो ।

दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बर्दियाको क्षेत्र नम्बर २ मा संस्थापन पक्षको क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा प्यानल नै जितेको छ । क्षेत्र नम्बर १ मा भने संस्थापनपक्षले क्षेत्रीय सभापतिसहित ५ महाधिवेशन प्रतिनिधि जितेको युवा नेता जन्मजय तिमिल्सिनाले जानकारी दिए ।

क्षेत्र नम्बर २ मा क्षेत्रीय सभापतिमा दिपकजंग शाह निर्वाचित भएका छन् । शाहले पाँच यस ८० मत ल्याउँदा उनका प्रतिष्पर्धी रमनकुमार रेग्मीले २ सय ६४ मत ल्याए । महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी अरुणसिंह राठोरले ल्याएका छन् भने दोस्रोमा तिमिल्सिनाले ल्याएका छन् ।

यस्तै क्षेत्र २ बाट गग्गाबहादुर पाण्डे, जंगबहादुर मल्ल अमानसिंह केसी, विनय रावल, तारा चौधरी, प्रतिमा चौधरीलगायतले महाधिवेशन प्रतिनिधि जितेका छन् । १ मा संस्थापनमा मुक्तिनाथ यादवसहित ५ महाधिवेशन प्रतिनिधि संस्थापनले जितेको छ । २ मा २६ र १ मा सभापतिसहित ६ महाधिवेशन प्रतिनिधि भएपछि संस्थापनको बहुमत देखिएको छ । जसले बर्दियामा सञ्जय गौतमको कांग्रेसको सत्ता गुम्ने निश्चित भएको छ । आफू दुई कार्यकाल सभापति भए पनि छोड्ने बेलामा गौतमले आफ्नो गुटलाई होइन अर्कै गुटलाई बुझाउने अवस्थामा पुगेका हुन् ।