सौराहामा एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रिय कमिटी बैठक चितवनको सौराहामा सुरु हुँदैछ । १०औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र स्थल सौराहामा एमालेको वर्तमान कमिटिको अन्तिम बैठक बस्न लागेको हो । ८ बजेदेखि सुरु हुने भनिएको बैठक महाधिवेशनको उद्घाटन समारोहमा आएका सवारी साधनले भएको जामका कारण केही ढिला हुने भएको छ ।
बैठकमा स्थायी कमिटीले प्रस्ताव गरे अनुरुप बन्दसत्रमा पेस हुने कार्र्यक्रमलाई अनुमोदन गर्ने एमाले सचिव तथा प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले महाधिवेशनको बन्दसत्रमा विधानका केही बुँदा संशोधनको लागि प्रस्ताव समेत गर्नेछ ।
महाधिवेशनको उद्घाटन समारोहमा सहभागी प्रधानमन्त्री, विभिन्न दलका नेता र कार्यकर्तालाई धन्यवाद ज्ञापन बैठकबाट गरिने ज्ञवालीले बताउनुभयो । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया