कतार एयरवेजको फ्लाइट सेड्युल वर्षभरी सार्न मिल्ने, निःशुल्क टिकट फिर्ता

काठमाडौं: विद्यमान विषम परिस्थितिलाई मध्यनजर गर्दै कतार एयरवेजले नयाँ वर्ष सन् २०२१ को स्कीम घोषणा गरेको छ । कतारले ३१ डिसेम्बर २०२१ सम्मका यात्राको लागि ३० अप्रिल २०२१ अघि जारी गरिएका सबै टिकटहरूको निःशुल्क टिकट शुल्क फिर्ता तथा असीमित मिति परिवर्तनको सुविधा दिने घोषणा गरेको छ । एयरलाइन्सको यस सुविधाजनक बुकिङ नीति यात्रुले सहजतापूर्वक आफ्ना यात्रा योजनाहरू परिवर्तन गर्न सक्ने भएका छन् ।
एयरलाइन्सले टिकटलाई ट्राभल भौचरसँग साट्ने विकल्प पनि प्रदान गर्ने जानकारी दिएको छ, जसको मूल्य थप १० प्रतिशत हुनेछ । यो सुविधा कतार एयरवेजको आधिकारिक वेबसाइटबाट बुकिङ गरिएका सबै टिकटहरुमा लागू हुने कतार एयरलाइन्सले जनाएको छ । ‘ट्राभल भौचर लिने प्रक्रिया पनि छिटो र सरल बनाइएको छ,’ एयरलाइन्सले भनेको छ, ‘यात्रीहरूले अनलाइन आवेदन दिई ४८ घण्टा भित्र भौचर प्राप्त गर्नेछन् ।’

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघक…

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

प्रतिक्रिया