कांग्रेस सुर्खेतको सभापतिमा ८ जनाको आकांक्षा
वीरेनद्रनगरका मेयरदेखि बस व्यवसायीसम्म आकांक्षी !

सुर्खेत - नेपाली कांग्रेस सुर्खेतको जिल्ला सभापतिका लागि धेरैले आकाँक्षा देखाएका छन् । जिल्ला सभापतिका लागि मात्र १० भन्दा बढी नेताहरु आकाक्षीं देखिएका छन् । संस्थापन समूहबाट मात्रै आधा दर्जन नेताहरु जिल्ला सभापतिको आकाँक्षी देखिएका हुन् । काँग्रेस नेता रामचन्द्र पौडेल समूहबाट महादिवेशन प्रतिनिधिमा पराजित भएकाले उम्मेदवार बन्न नपाउने भएका हुन् ।
जिल्ला सभापतिका लागि कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री, वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, टोपबहादुर रावत, नारायणप्रसाद सापकोटा, श्यामकुमार भारती, खड्कबहादुर पोखरेल, विष्णुबहादुर खड्का, कालीप्रसाद शाक्य, र उपेन्द्रबहादुर थापा सभापतिका आकाँक्षी छन् । यीमध्ये बुढा, सुवेदी, खड्का, रावत र भारती सभापतिका बलिया उम्मेद्वार मानिन्छन् ।
बुढा यसअघि १३ औं महाधिवेशनमा जिल्ला सभापतिका प्रतिस्पर्धी हुन् भने खड्का महामन्त्री खड्काकै सहोदर भाई हुन् । खड्का मध्यपश्चिम यातायात प्रालिका अध्यक्ष समेत हुन् । देवकुमार सुवेदी वीरेन्द्रनगर नगरपालिकाका मेयर हुन् । यस्तै गरी शाक्य र सापकोटाले यसअघि दुई पटकसम्म सभापति र सचिवमा पराजय भोगिसकेका छन् । यस अघि भएका वडा, नगर र क्षेत्रका अधिवेशनमा संस्थापन समूहले जितेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया