बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

'केन्द्रीय कमिटीमा गएर पार्टीलाई माथि उठाउनुछ'

सरेश नेपाल नेकपा एमाले नेता हुन् । सिन्धुपाल्‍चोकका नेता नेपाल बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री हुन् । एमालेको १०औँ महाधिवेशनमा केन्द्रीय कमिटीमा उठ्‍ने बताएका नेता नेपालसँग इकागजले गरेको कुराकानी स्मपादित अंश :

महाधिवेशनमा के गरिरहनु भएको छ ? 
सकेसम्म सहमति होस् भन्‍ने छ । अब चुनाव नै भएको स्थितिमा हामी लामो समयसम्म पार्टी काममा जुटेको कारणले केन्द्रीय समितिको सदस्यमा जानुपर्छ भन्‍ने सोच छ । पार्टीलाई माथि उठाउनुपर्छ भन्‍ने छ । लामो समयदेखि काममा जुटिरहका मान्छेले त्यहाँ गएर भूमिका खेल्न पाउनुपर्छ भन्‍ने हो । 

महाधिवेनलाई सहमतिको महाधिवेशन गर्ने भनिएको छ । यहाँले चाहिँ प्रतिस्पर्धै गर्ने तयारी गर्नुभएको हो ? 
सहमतिको प्रयास भइरहेको छ । पदाधिकारी तहमै सहमति हुनुपर्छ । सहमति भइसकेपछि केन्द्रीय सदस्यसम्मको कुरो हो । पदाधिकारीमै विवाद भयो भने निर्वाचन निश्चित छ । पदाधिकारी तहको सहमति भनेको उपल्लो तहमै सहमति हो । 

पदाधिकारीमा सहमति भए पनि तल प्रतिस्पर्धा हुने हो ?
केन्द्रमा सहमतिका लागि सक्रियता जारी छ । पदाधिकारीमा पनि आकांक्षी धेरै त होइन, तर, जे जति हुनुहुन्छ सहमतिको दिशामा जाने हो । सहमति बनाएर जाने भन्‍ने अठोट हो । 

महाधिवेशनमा तीन पक्ष छ, तीन वटै पक्षलाई मिलाउनुपर्ने चुनौती पनि छ नि ?
हामी धेरै माथि उठिसक्यौँ । अब पक्षधरता छैन । नीति र सिद्धान्तमा बेमेल छैन । धेरै कुरा विधान महाधिवेशनले टुंगो लगाइसक्या छ । यो महाधिवेशनले सक्षम नेतृत्व चयन गर्ने हो । यसको काम मुलुकका चुनौति सामना गर्न सक्ने, नेपाली जनताको आशा भरोसामा रहेको पार्टीको सक्षम नेतृत्व चयनका निम्ति जुटिरहेका छौँ । यो स्थितिमा पक्षधरताको कुरालाई निरुत्साहित गरिएको हो । नेकपाको निरन्तरतामा एमाले रहेको हुनाले केही साथीहरू पृष्ठभूमिको हिसाबले अलग हुनुहुन्छ । तर, त्यो सीमा रेखा तोडिसकियो । मलाई लाग्छ भावनात्मक कुराबाहेक अरु समस्या हामीसँग । त्यो समाधान हुन्छ । 

नेतृत्व त सर्वसम्मत् नहुने नै देखियो ? 
एमाले चौतर्फी घेराबन्दीमा छ । कम्युनिस्‍ट आन्दोलनविरुद्ध लागेकाहरू एमालेलाई कसरी ध्वस्त बनाउने भनेर लागिरहेका छन् । षडयन्त्र भइरहेका छन् । त्यसविरुद्ध सहमति कायम गर्ने हो । यो पस्थितिमिा सहमति र एकताको महाधिवेशनमा रुपान्तरण गर्ने भन्‍ने कुरा हो । त्यसमा सबै प्रतिनिधि स्पष्ट हुनुहुन्छ । 

भीम रावलले अन्तिममा प्रतिस्पर्धा गर्नुहुन्‍न भन्‍न खोज्‍नु भएको ? 
उहाँको उम्मेद्‌वारी पार्टीले सामान्य ढंगले हेरेको छ । उहाँ सहमतिविरुद्ध हुनुहुन्छ भन्‍ने कसैले ठानेको छैन । सहमतिकै पक्षमा हामी सबै जान्छौँ । तर, उम्मेद्‌वारी भइहाले छ भने पनि स्वीकारिन्छ ।

यात्रुहरूको सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो

यात्रुहरूको सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो

शिक्षा विधेयक र नयाँ शिक्षा ऐनमा निजी विद्यालयका विषयलाई उठाउन नेशनल प्याब्सनमा मेरो उपस्थिति

शिक्षा विधेयक र नयाँ शिक्षा ऐनमा निजी विद्यालयका विषयलाई उठाउन नेशनल प्याब्सन…

जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउनुपर्छ : सांसद भुवनबहादुर सुनार

जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउनुपर्छ : सांसद भुवनबहादुर सुनार

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद शेर्पा

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद शेर्पा

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्…

वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्रहितमा छ : राष्ट्रियसभा सदस्य गोपाल भट्टराई

वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्रहितमा छ : राष्ट्रियसभा सदस्य गोपाल भट्टर…

संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह

संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्…

नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी

नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी