कांग्रेस बैतडी : महाधिवेशन प्रतिनिधिमा पनि चन्द समूहकै वर्चश्व, पूर्वजिल्ला सभापतिदेखि पूर्वसांसद पराजित

बैतडी- नेपाली कांग्रेस बैतडीमा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मतपरिणाम चार दिनमा सार्वजनिक भएको छ । गत मंगलबार निर्वाचन भएकाेमा आज मतपरीणाम सार्वजनिक भएकाे हाे । चुनावी प्रक्रियाबाट २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा जिल्ला सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व छ । २६ मध्ये १६ जना प्रतिनिधि चन्द समूहबाट विजयी भएका छन् । शिवराज भट्ट समूहबाट १० जना विजयी भएका छन् । खुलामा चन्द समूहबाट दिनेशप्रसाद भट्ट, लोकराज अवस्थी, दिनेशबहादुर चन्द र नरेन्द्रसिंह थापा विजयी भएका छन् ।
खुलामा भट्ट समूहबाट केशवबहादुर चन्द, हरिमोहन भण्डारी, उत्तरबहादुर ऐर, कर्णसिंह साउँद, दीपकबहादुर बम र कृष्णसिंह नायक विजयी भएका छन् ।
महिलातर्फ चारै जना चन्द समूहबाट विजयी भएका छन् । जसमा पुनम पाल बम, जानकी भट्ट, तुलसी ठगुन्ना र मीना चन्द रहेका छन् ।
यसैगरी, खसआर्य पुरुषतर्फ चन्द समूहका तीन जना र भट्ट समूहका दुई जना विजयी भएका छन् । चन्द समूहबाट दिपेन्द्र बम, सुरेन्द्रसिंह ऐर र नरेन्द्रप्रसाद भट्ट विजयी हुँदा भट्ट समूहबाट तेजबहादुर चन्द र कपील केसीले जित हासिल गरेका हुन् ।
खसआर्य महिलातर्फ दुई समूहबाट २/२ जना विजयी भएका छन् । भट्ट समूहका कान्ता चन्द शाही र सरस्वती कोली तथा चन्द समूहबाट कौशिला चन्द र लक्ष्मी शाह चन्द विजयी भएका हुन् ।
अपांगताबाट ईश्वरीदत्त भट्ट र दलितबाट सुरत पार्की विजयी भए । दुबै चन्द समूहका हुन् । आदीवासी जनजातिबाट चन्द समूहकै किरणकुमार राई निर्विरोध निर्वाचित भएका छन् । यसअघि जिल्ला पदाधिकारीमा एकजना उपसभापति बाहेक सबै पदमा चन्द समूह विजयी भएको छ ।
महाधिवेशन प्रतिनिधिमा पूर्वसांसद र पूर्वसचेतक समेत रहेका विनयध्वज चन्द, पूर्वजिल्ला सभापति तथा संविधानसभा सदस्य नरबहादुर चन्द, पूर्वसभापति नरेन्द्र विष्ट, लगायतका नेता पराजित भएका छन् ।

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_zjfVErxwTE_ghjmkierbmitu8bq5nw8udhta6uedanbq5rti2vaydqbqnbgv8gxzalpvl0a_lie23lTdps_2gab2x5qqoxl0ee26hmese5tgx7ihf6o7pdyvz5pqywb5v3cosuwvcrkgdpp_DphkoxqMaL_0ad5itffvzu3neuhcqfhivfp6gnn2aw9asausvcsbbztabgnghxddnw0hwhk_RzKyBw2z1D_stgheqsldumg6qa46hguc7a1nmfx8zp4elnmuxmuplhqlahmbrqd9jccc0ge.jpg)
बाढीको त्रास : लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

बाख्रापालनमा जमेका चन्द दम्पती

बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बंगुरका पाठापाठी बेचेर वार्षिक १२ लाख आम्दानी

टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन्- आफ्नो भूमिकाको ज्ञान भयो

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

प्रतिक्रिया