सञ्चार प्रतिष्ठान र पर्यटन बोर्ड खारेज गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर - प्रदेश १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ । बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको सरकारले नियुक्त गरेका प्रतिष्ठान र बोर्ड खारेज गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली ०७८ खारेज गर्ने नियमावलीलाई स्वीकृति प्रदान गरेको छ । यो निर्णयसँगै पर्यटन बोर्डका उपाध्यक्ष फणीन्द्र अधिकारीसहित अन्य सदस्य पद मुक्त भएका छन् ।
भीम आचार्य नेतृत्वको सरकारले अधिकारीलाई उपाध्यक्ष र सदस्यमा देवी गौतम, भीमराज राई, उमेश घिमिरे, प्रेरणा थापा, इन्दिरा श्रेष्ठलाई नियुक्त गरेको थियो । यसैगरी सोही बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ तथा सो अन्तरगत गठन भएको प्रादेशिक सञ्चार प्रतिष्ठानसमेत खारेज गर्ने निर्णय गरेको छ ।
बैठकले प्रतिष्ठानको चल अचल सम्पत्ति अधिकार र दायित्व आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हुने निर्णयसमेत गरेको छ । प्रतिष्ठान खारेज भएसँगै कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा सहित सबै सदस्यहरू पदमुक्त भएका छन् । बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली तयारीका लागि आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानु मन्त्री केदार कार्कीले जानकारी दिए । खेलकुद विकास बोर्ड तथा श्रम सल्लाकार भने प्रदेश सरकारले खारेज गरेको छैन । हिजो मात्रै खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले सरकारले हटाए कानुनी लडाइँमा जाने बताएका थिए ।

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

प्रतिक्रिया