विश्व निकेतन माविको छड्के अनुगमनमा मन्त्री
काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौस्थित विश्व निकेतन माविको छड्के अनुगमन गरेका छन् । बिहीबार शिक्षामन्त्री पौडेलले काठमाडौको त्रिपुरेश्वरस्थित रहेको विश्व निकेतन माविको छड्के अनुगमन गरेका हुन् ।
उनले उक्त विद्यालयको एसईईको नतिजा, बालशिक्षा र बालशिक्षक र शिक्षिकाको समस्याबारे बुझ्नका लागि अनुगमन गर्न गएको जानकारी दिए । उनले आकस्मिक रुपमा आफूले अनुगमन गर्दा विद्यालयको सबै शिक्षकहरु कक्षाकोठामा गएर कक्षा सञ्चालन गरेको, राम्रोसँग पठनपाठन गरेको र विद्यार्थीले पनि राम्रोसँग अध्ययन गरेको देखिएको बताए ।
समग्र सार्वजनिक शिक्षालाई सुधार गर्नुपर्छ भन्ने मन्त्रालयको लक्ष्य रहेकाले उक्त लक्ष्य हासिल गर्न विश्व निकेतन माविको शिक्षक र प्रशासनले निर्वाह गरेको भुमिका सरकारका लागि नमुना हुन सक्ने उनले बताए । अनुगमनका क्रममा मन्त्री पौडेलले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीसँग फोन मार्फत जानकारी समेत लिएका थिए ।

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

प्रतिक्रिया