सीजी ब्रान्डअन्तर्गत ‘सिजि मेरिडिया’ प्रिमियम फ्रिज आजबाट बजारमा

काठमाडौँ- सीजी ब्रान्डअन्तर्गत सीजीले आफ्नो ‘सीजी मेरिडिया’ प्रिमियम फ्रिज आजबाट बजारमा ल्याएको छ । सीजी मेरिडिया फ्रिजर ‘सइक्लोपेनटेन’ तथा ‘डिजिटल इनभर्टर कम्प्रेसर’जस्ता उत्कृष्ट प्रविधिबाट तयार परिएको सीजी ब्रान्डको लक्जरी उत्पादनहरूमध्ये एक हो ।
प्रविधिको क्षेत्रमा नवीनता र आयम भित्र्याउँदै सीजी ब्रान्ड आज हरेक नेपालीको मनमा बस्न सफल भएको छ । प्रविधि र नवीनतमा विशेष चासो राख्ने सीजी ब्रान्डको उन्नत प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ ।
बजारमा आएको यस ‘सीजी मेरिडिया’ फ्रिज अत्याधिक उत्कृष्ट प्रविधिबाट बनाइएको फ्रिज हो । यस फ्रिजको मूख्य आकर्षण ‘डिजिटल इनभर्टर कम्प्रेसर’ प्रविधि हो, जसमा भेरिएबल स्पिड कम्प्रेसरको मद्दतले बिजुलीको बचत गर्नका साथै इनर्जी इफिसेन्ट पनि छ । साथसाथै ‘डिजिटल इनभर्टर कम्प्रेसर’ ले खानेकुरालाई कम समयमै चिसो बनाउने र फ्रिजलाई शान्त रूपले चल्न पनि मद्दत पुर्याउँदछ ।
त्यसैगरी, मेरिडिया फ्रिज, साइक्लोपेनटेनजस्ता सुविधा जसले लोडसेडिङको अवस्थामा पनि खानालाई लामो समयसम्म ताजा राख्छ, र कम समयमै खानालाई अत्याधिक ताजगी प्रदान गराउने थप प्रविधिहरूबाट निर्मित गरिएको उत्पादन हो । कम्पनीले यस फ्रिजको खरिदमा १० वर्षको कम्प्रेसर वारेन्टी समेत उपलब्ध गराएको छ । सीजी ब्रान्डले आउने दिनहरूमा‘सीजी मेरिडिया’ नामअन्तर्गत आफ्ना अरू पनि थुप्रै उत्पादनहरू बजार ल्याउने कुरा पनि कम्पनीले जनाएको छ ।

अर्थमन्त्री पौडेल र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

सुन तोलामा पाँच हजारले बढ्यो

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

प्रतिक्रिया