भारतले कोभ्याक्समार्फत ७ लाख २५ हजार खाेप उपलब्ध गराउँदै

काठमाडौँ- भारतले कोभ्याक्स मार्फत कोभिशिल्ड खोप उपलब्ध गराउने भएको छ । कोभिड-१९ विरूद्धको खोप सात लाख २५ हजार खोप ल्याइने भएको हो । खोप निर्यातको प्रतिबन्ध खुलाएपछि भारतले खोप कूटनीतिलाई निरन्तरता दिएको छ ।
त्यसैको फलस्वरूप सार्क राष्ट्रलाई केही समयदेखि खोप पठाउन थालेको छ । केही समययता भारतमा कोभिडको संख्या घटेकाले खोप निर्यात फुकुवा गरेको थियो । अहिले पनि त्यहाँ दैनिक हज्जाराैंको संख्यामा कोभिड संक्रमित थपिइ रहेका छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत खोप महाशाखाको भण्डारण प्रमुख बडेबाबु थापाका अनुसार भारतले कोभ्याक्स मार्फत खोप उपलब्ध गराउन लागेको हो । 'मंसिर १३ गते करिब आठ लाख ल्याइने भएको हो,' उनले इकागजसँग भने ।
सरकारले कोभिशिल्ड खोप खरिद पहल गरे पनि खरिदको खोप अहिले आउने पक्कापक्की भइनसकेको थापाले बताए । कोभ्याक्स कार्यक्रम मार्फत खोप ल्याइने भएको छ । खोप अभियान कार्यक्रमअन्तर्गत सबैलाई खोप लगाउने कार्यक्रम तय भएको छ । लक्षित जनसंख्यालाई खोप पुर्याउँने उदेश्यले सबलाई खोप लगाइदिने कार्यक्रम रहेको उनको भनाइ छ । खोप लगाउने कार्यक्रमको तय परिवार कल्याण महाशाखाले गर्ने छ । सबैले खोप पाउने गरी मिति सार्वजनिक गर्ने थापाले जानकारी दिए ।
पछिल्लो समय सरकारले खोप कार्यक्रमलाई तीव्र रूपमा निरन्ता दिएको छ । उपत्यकाको मुख्य-मुख्य चार वटा चोकमा एक महिनासम्म खोप कार्यक्रम जारी छ । काठमाडौँ प्रवेश र बाहिरीनेलाई कोटेश्वर, बल्खु, बसपार्क र कलंकी चोकबाट खोप लगाइदिदै आएको छ ।
हालसम्म कोभिडविरूद्धको पहिलो र दोस्रो मात्रा गरेर १ करोड ७३ लाख ४३ हजार ६ सय ३९ जनाले खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार यो समाचार तयार पार्दासम्म ९२ लाख ८४ हजार ३ सय ३७ जनाले तथा दोस्रो मात्रा ८० लाख ५९ हजार ३ सय २ जनाले खोप लगाइसकेका छन् ।
नेपालमा पहिलोपटक गत वर्षको माघको पहिलो सातादेखि भारतले अनुदान स्वरूप उपलब्ध गराएको कोभिसिल्ड खोप लगाउन थालिएको थियो । अनुदानमा १० लाख कोभिसिल्ड र कोभ्याक्स मार्फत करिब चार खोप उलब्ध गराएको थियो । सुरूवातीमा फ्रन्टलाइनरमा काम गरेका स्वास्थ्यकर्मी, सफाइकर्मी र ज्येष्ठ नागरिकलाई खोप लगाइएको थियो । पछि सरकारले उमेर समूह वर्गीकरण गरी खोप लगाउन थालेको थियो ।
फाईजर खोप दीर्घरोगी १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई उपलब्ध गराइएको छ । बाँकी रहेको खोप थोरै संख्यामा १२ वर्षमाथिका बालबालिकालाई पनि उपलब्ध गराएको छ । परिवार कल्याण महाशाखाले गर्भवती भएको तीन महिना पुगेकालाई पनि खोप दिने निर्णय गरेको छ । यसअघि उच्च जोखिममा रहेका गर्भवती महिलालाई खोप उपलब्ध गराउँदै आएको थियो ।
खरिद गरेर पनि २० लाख खोप उपलब्ध गराइसकेको छ । पहिलो चरमणमा १० लाख खोप उपलब्ध गराएको थियो । पहिलो चरणमा उपलब्ध गराएको करिब ९ महिनामा खरिद गरेको १० लाख खोप पठाएको थियो । भारतले कोभिड संक्रमितको संख्या बढेको भन्दै खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो । अक्टोबरदेखि निर्यात प्रतिबन्ध खुलाएको थियो ।
नेपालले विभिन्न मुलुकबाट अनुदानबाट कोभिडविरूद्धको खोप प्राप्त गरिसकेको छ । चीन, एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सनलगायतका खोप कोभ्याक्सअन्तर्गत अनुदानमा प्राप्त गरिसकेको छ । चीनले हालसम्म सबैभन्दा बढी खोप अनुदानमा उपलब्ध गराइसकेको छ । खरिद गरेर पनि चीनले बढी खोप नेपाललाई निर्यात गरिसकेको छ । चीन,अमेरिका, भुटान, बेलायत, माल्दिभ्स, जापान लगायतका मुलुकबाट खोप आयात भइसकेका छन् ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया