बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

सानिमा बैंकको १० लाख दुर्घटना बिमा रकम हस्तान्तरण

काठमाडौँ- सानिमा बैंकले सानिमा दीर्घायु बचत खाताअन्तर्गत दीर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ ।  बैंकका खातावाला  राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कल्पना लामा तामाङलाई सानिमा दीर्घायु तलब बचत खाताअन्तर्गत १० लाख दुर्घटना बिमा रकम एक कार्यक्रमबीच प्रदान गरिएको बैंकले जनाएको छ ।

बिमाको रकम श्रीमती तामाङलाई सानिमा बैंकका निक्षेप व्यवस्थापन रिटेलका प्रमुख  टंकमणि बराल र बिमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका रामजी ढकालले संयुक्त रूपमा हस्तान्तरण गरेकाे बैंकले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

स्वर्गीय तामाङले सानिमा बैंकको कागेश्वरी मनोहरा कार्यालयमा सानिमा दीर्घायु तलब बचत खाता खोलेका थिए । सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बिमा, ५० हजार सम्मको स्वास्थ बिमा १० हजार बराबरको ओपीडी सेवा र ५ हजारसम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय १७ वटा कार्यालय तथा ९७ वटा एटीएम. सञ्चालनमा रहेका छन् ।