सूचना प्रविधि प्रयोगमा काठेखोला पहिलो

बागलुङ - सूचना प्रविधिको प्रयोग क्षमतामा बागलुङको काठेखोला गाउँपालिका जिल्लामै पहिलो भएको छ । १० स्थानीय तह रहेको बागलुङमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा मुल्याङ्कन समितिले उत्कृष्ट घोषण गरेको हो ।
सूचना तथा प्रविधि शाखाले सार्वजनिक गरेकोे प्रतिवेदनका आधारमा जिल्लाका १० पालिकामध्ये काठेखोला गाउँपालिकाले सबैभन्दा बढी ६० अंकभार प्राप्त गरेको छ । गाउँपालिकाभित्रका विद्यालयमा सिसि क्यामेरा जडान, कार्यालय विद्युतिय हाजिरी, वैकल्पिक उर्जाका लागि सोलार, इन्टरनेट पहुँच, वेबसाइट व्यवस्थापनलगायतका विषयमा पालिकाले ६० अंकभार प्राप्त गरेको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताए । गाउँपालिकाले विद्युतिय प्रोफाइल समेत निर्माण गरेको छ ।
सूचना प्रविधिको प्रयोगमा निसीखोला गाउँपालिका ५२ अंक प्राप्त गर्दै दोस्रो र ४९ अंकका साथ बरेङ गाउँपालिका तेस्रो, ४९ अंकसहित तमानखोला गाउँपालिका चौथो, ४५ अंकसहित ढोरपाटन नगरपालिका पाँचौ नम्बरमा परेको छ ।
अन्य पाँच स्थानीय तह बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले विवरण नै उल्लेख गरेका छैनन् । स्थानीय तहको सूचना प्रविधिसँगको सामिप्यता, सूचना प्रविधिसम्बन्धी संस्थागत क्षमता र सूचनासँग जोडिएका नागरिकको सेवाका विषयका आधारमा पालिकालाई अंक प्रदान गरेको थियो । न्यूज कारखाना

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया