मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने ‘फूलकोर्ट’को निर्णय
काठमाडौँ - सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ । सर्वोच्च अदालत दोस्रो संशोधन नियमावली, २०७८ राजपत्रमा प्रकाशित भएपछि बिहीबार बसेको फूलकोर्ट बैठकले आउँदो बुधबार अर्थात १५ गतेदेखि लागू गर्ने निर्णय गरेको हो ।
संशोधन गरिएको नियमावलीमा सर्वोच्चमा अबदेखि गोलाप्रथाबाट पेशी तोक्ने उल्लेख छ । यसअघि प्रधानन्यायाधीश राणाले पेशी तोक्दै आएका थिए । तर त्यसरी पेशी तोक्दा ‘सेटिङ’ गरेर न्याय किनबेच गरेको आरोप कानुन व्यवसायीले प्रधानन्यायाधीश राणामाथि लगाएका थिए । गोलाप्रथाबाट पेशी तोक्नुपर्ने मागसहित बारका कानुन व्यवसायीले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका छन् ।
नियमावली सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको थियो ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया