सर्वोच्चदेखि बालुवाटारसम्म बारको मार्चपास सुरु

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनकाे नेतृत्वमा सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास सुरु भएकाे छ । दिउँसो साढे २ बजेदेखि सर्वोच्चदेखि मार्चपास सुरु भएकाे हाे ।
आन्दोलनरत बारका साथै अन्य पेशागत संघ संस्थाले बालुवाटारसम्म ‘न्याय मार्चपास’ सुरु गरेका हुन् । बार र अन्य पेशागत संघ संस्थासँगै सर्वोच्च बार, बृहत् नागरिक आन्दोलन, नेपाल शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघ पनि मार्च पासमा छन् ।
बारले यसअघि नै प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया