श्रम कार्यालयले सोध्यो विद्युत् प्राधिकरण कर्मचारी संघलाई स्पष्टीकरण

काठमाडौं - श्रम तथा रोजगार कार्यालयले नेपाल विद्युत् प्रँधिकरण कर्मचारी संघको अध्यक्ष जनार्दन भट्टराईसमेत कार्य समितिलाई विधान संशोधन र नयाँ कार्य समितिका सम्बन्धमा स्पष्टीकरण सोधेको छ ।
कार्यालयले स्पष्टीकरणमा ट्रेड युनियन ऐन, २०४९ (२०७२ को संशोधनसहित) को दफा १०(२) मा व्यवस्था भएबमोजिम ट्रेड युनियन विधान संशोधन गरिएको हो होइन भनी प्रश्न सोधेको छ । ‘पछिल्लो समयमा गरिएको अधिवेशन तथा निर्वाचनको सम्बन्धमा के कसो भएको हो ? यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र लिखित जवाफ पेश गर्नु हुन निर्देशानुसार अनुरोध छ,’ स्पष्टीकरण पत्रमा छ ।
संघका केही पदाधिकारीहरुले उक्त कार्यालयमा संघको विधान अवैधानिक तवरले संशोधन गरी आफू खुशी अधिवेशन गरिएको भन्दै त्यसलाई खारेज गर्न श्रम कार्यालयमा उजुरी दिएका थिए ।
महाधिवेशनको परिणामलाई बहिष्कार गरेका इन्द्र न्यौपाने, गंगा भण्डारी, महेश्वर दत्त पनेरुलगायतका उम्मेदवारहरुले श्रम तथा रोजगार कार्यालयमा उजुरी दिएका हुन् ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया