एमाले महाधिवेशन : विमानस्थल झरेर धमाधम उम्मेद्वारी घोषणा

काठमाडौँ- महाधिवेशनको सम्मुखमा आइपुग्दासम्म मुख नखोलेका एमालेका नेताहरू महाधिवेशन स्थल नपुग्दै धमाधम उम्मेद्वारी घोषणा गर्न थालेका छन् ।
१०औँ महाधिवेशनमा उपाध्यक्ष भीम रावलले मात्र अहिलेसम्म औपचारिक रूपमा उम्मेद्वारी घोषणा गरेका छन् । आज बिहान चितवन पुगेका रामबहादुर थापा आफ्नो उम्मेद्वारीबारे मौन बसे । उनले सहमतिमा नेतृत्व चयन गर्ने बताए पनि अन्य नेताहरू भने भरतपुर विमानस्थल उत्रिएर उम्मेद्वारी घोषणा गरिरहेका छन् ।
नवौं महाधिवेशनमा महासचिवमा पराजित भएका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले विमानस्थलमै महासचिव पदमा आकांक्षा देखाएका छन् । उनले महासचिवबाहेकका पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरे ।
सचिव योगेश भट्टराईले पनि चितवन पुगेर सचिवमा दोहोरिने इच्छा व्यक्त गरेका छन् । उनले आफूसँग अझै १५ वर्ष सक्रिय राजनीति गर्ने सुविधा रहेको भन्दै अहिले सचिवमै दोहोरिन चाहेको बताए ।
भरतपुर विमानस्थलवाटै केन्द्रीय सदय महेश बस्नेत र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पनि सचिवमा उम्मेद्वारी दिने बताइसकेका छन् ।
उता, एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कँडेलले पनि सचिवमै उम्मेदवार बन्ने चाहना चितवन पुगेर पनि दोहोर्याएका छन् ।

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

रेबिज लागेर प्रजाको मृत्यु

काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो

सुशासन र पारदर्शिता कार्यान्वयनमा प्रविधिको भूमिका महत्वपूर्ण : मन्त्री लामिछाने
तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

प्रतिक्रिया