शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

एमाले महाधिवेशन : देउवा जाने, दाहाल अन्योलमा, नेपाललाई बहिष्कार

काठमाडौँ- नेकपा एमालेको भोलि (१० मंसिर) हुने महाविधेवशन उद्घाटनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाने तय भएको छ । 

सत्ता गठवन्धनका अर्का नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल भने अहिलेसम्म जाने नजाने टुंगोमा पुगिसेका छैनन् । 

महाविधेशन उद्घाटनका दिन दाहालको काभ्रे जाने कार्यक्रम तय भएको छ । दुईवटा गाउँपालिकामा यसअघि नै तय भएको पार्टीको पालिका अधिवेशनमा प्रमुख अतिथि भएर दाहाल जाँदैछन् ।

'उहाँ (दाहाल) महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाको पालिका अधिवेशनमा प्रमुख अतिथि हुनुहन्छ, त्यही भएर उहाँ महाधिवेशनमा शुभकामना दिन जाने/नजाने टुंगो भइसकेको छैन,’ दाहालका स्वकीय सचिव रमेश मल्लले भने । 

प्रधानमन्त्री देउवाले शुभकामना दिन जाने बताइसकेका छन्  । तर सत्तागठबन्धनकै अर्को दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भने एमालेले बहिष्कार नै गरेको छ । सबै दलका शीर्ष नेतालाई निम्तो दिइएको कार्यक्रममा नेपाललाई निम्तो नै गरिएको छैन । निम्तो नपाएपछि सो पार्टीको जिल्ला तहका नेतासमेत उद्घाटन समारोहमा नजाने भएका छन् ।