जसपा सांसद यादवलाई केन्द्रीय सदस्यबाट हटाइयो
मेयर सरावगीसहित पाँचजना केन्द्रीय सदस्य थपियाे

जनकपुरधाम - जनता समाजवादी पार्टी (जसपा)ले सांसद प्रदीप यादवलाई कारबाही गरेको छ । बुधबार सम्पन्न केन्द्रीय कार्यकारणी समितिको बैठकले संघीय सांसद प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट बर्खास्त गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले जानकारी दिए । उनकाअनुसार अध्यक्ष उपेन्द्र यादवविरूद्ध प्रदर्शन गरेको आरोपमा उनलाई कारबाही गरिएको हो ।
मन्त्री बन्न नपाएपछि सांसद यादवको निर्देशनमा उनी निकट नेता कार्यकर्ताहरूले विरगञ्जदेखि काठमाण्डौँसम्म अध्यक्ष यादवविरुद्ध विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनपश्चात् पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा अध्यक्ष यादवविरूद्धको प्रदर्शनमा आफ्नो संलग्नता नरेको जवाफ दिए पनि अनुशासन समितिले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न प्रस्ताव गरेको थियो ।
अनुसाशन समितिले ६ महिनाका लागि साधारण सदस्य नरहने गरी गरेको कारबाही सिफारिस गरेकोमा कार्यकारिणी समितिको बैठकले साधारण सदस्यसमेतबाट हटाएमा सांसद पद पनि जाने भएकाले केन्द्रीय सदस्यबाट मात्र हटाउने निर्णय गरेको सचिव अधिकारीले बताए ।
सांसद यादवलाई कारबाही गरिएपछि वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ। सरावगी पहिलो पटक पार्टीको केन्द्रीय सदस्य बनेका हुन् । उनीसँगै सांसद सूर्यनारायण यादव र चन्देश्वर सदासहित पाँच जनालाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको सचिव अधिकारीले बताए ।
बैठकमा पूर्वराजपा र नयाँ शक्ति आबद्ध कार्यकारिणी सदस्यहरूले बिना कारण अपमान तरिकाले मन्त्री रामनरेश रायलाई बर्खास्त गरेको भन्दै मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरे पनि त्यसमा कुनै निर्णय नभएको बताइएको छ । यादव पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित छन् । केन्द्रीय कार्यकारणी समितिमा १६ जनालाई थप गर्ने निर्णय गरे पनि मंसिर मसान्तभित्र उनीहरूको नाम चयन गरिने बैठकमा सहमति गरिएको छ ।
त्यसैगरी पदाधिकारी चयनकोलागि पनि मंसिर मसान्त सम्मको समायावधि दिइएको छ । मंसिरको अन्तमा बस्ने केन्द्रीय कार्यकारणी समितिको बैठकले यस सम्बन्धमा निर्णय गर्ने बैठकका उनले जनाए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया