फरेनहाइटमा ‘दि राजा कुमारी’

काठमाडौँ - कोरोना कहरका कारण घरमै खुम्चिएका युवायुवतीहरु पछिल्ला केही समययता क्लबमा रमाउन थालेका छन् । यसैले, क्लब सञ्चालकहरूले पनि ग्राहकलाई आकर्षित गर्न विभिन्न कार्यक्रमकोे आयोजना गरिरहेका छन् । यस्ता क्लबहरु भारत तथा नेपालका चर्चित गायक–गायिकाहरुको कार्यक्रम आयोजना गर्न अगाडि छन् ।
यसैैबीच, डिसेम्बर ४ मा काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा इन्डियन–अमेरिकन र्यापर ‘द राजा कुमारी’को भव्य कन्सर्ट आयोजना हुने भएको छ ।
राजा कुमारीले अमेरिकामा विज खलिफा जस्ता चर्चित र्यापरसँग स्टेज सेयर गरिसकेकी छिन् । यस्तै, उनी ग्रामी अवार्डमा समेत नोमिनेसनमा परिसकेकी छिन् ।
राजा कुमारीलाई नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने र यहाँको व्यापार व्यवसायलाई समेत फाइदा पुग्ने विश्वास क्लब फरेनहाइटकोे छ ।
राजा कुमारी डिसेम्बर ३ मा दिल्ली हुँदै नेपाल आउनेछिन् । उनलाई त्रिभुवन विमानस्थलमा समेत भव्य स्वागत गरिने आयोेजकले जनाएको छ ।
यो कन्सर्ट हेर्नका लागि दर्शकले १ हजार र २ हजारका टिकट खरिद गर्न सक्नेछन् ।
क्लब फरेनहाइटका संचालक मिलन श्रेष्ठको अनुसार, नेपालमा समेत राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याउन लागिएको हो ।क्लब फरेनहाइटले यसअगाडि पनि भारतका चर्चित कलाकार ल्याएर कन्सर्टको आयोेजना गरिसकेको छ । यसअघि फरेनहाइटमा आदित्य नारायण झा, टोेनी कक्कड जस्ता गायकहरूले प्रस्तुति दिइसकेका छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया