फ्रान्सबाट बेलायततर्फ जाँदै गरेको डुंगा समुद्रमा डुब्दा ३१ आप्रवासीको मृत्यु

लन्डन - फ्रान्सबाट आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको एउटा डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा डुब्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र एक बालिका पनि छन् । दुर्घटना भएको क्षेत्रमा फ्रान्स र बेलायतका अधिकारीहरूले हवाई जहाज र डुंगाबाट उद्दार गरेका छन् ।
सो घटनाबाट आफू निकै दुःखी भएको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । फ्रान्सका गृहमन्त्रीले सो दुर्घटनामा दुई जनाको मात्र उद्दार भएको जानाकारी दिएका छन् । दुर्घटनाबारे अनुसन्धान गर्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र बेलायती प्रधानमन्त्रीले सहमति जनाएका छन् ।
बुधबार भएको सो दुर्घटना सन् २०१४ पछिकै ठूलो र डरलाग्दो भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले जनाएको छ । दुर्घटना भएको नहर विश्वकै व्यस्त जल मार्ग मानिन्छ

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया