सर्वोच्चमा मंसिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकिने

काठमाडौँ - सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशको बिहीबार बस्ने पूर्ण बैठक फूलकोर्टले यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गर्नेछ ।
सर्वोच्च अदालतका १९ जना न्यायाधीशको आज बसेको अनौपचारिक बैठकले सर्वोच्च प्रशासनसँग सहमति गरी पूर्ण बैठक बस्ने र गोलाप्रक्रियाबाट सुनुवाइ गर्ने तय गरेको हो । सर्वोच्च अदालतका १९ न्यायाधीशले सर्वोच्च अदालतमा पूर्ण बैठक बस्नुअघि नेपाल बार एशोसिएशनका प्रतिनिधिसँग आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्ने तयारीसमेत रहेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको यही मङ्सिर २ गते बिहीबारको पूर्ण बैठक फूलकोर्टले गोलाप्रक्रियासहित नियमावली पास गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार सोमबार राजपत्रमा प्रकाशितसमेत भइसकेको छ । गोलाप्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एशोसिएशनको पनि थियो । उक्त माग पूरा हुने भएको छ ।
सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमितरुपमा बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् । रासस

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया