कार्कीको निर्वाचन क्षेत्र सुनसरी-४ मा देउवा समूहको 'क्लीनस्वीप'

काठमाडौँ– नेपाली कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनका क्रममा सुनसरी क्षेत्र नं. ४ मा सबै महाधिवेशन प्रतिनिधिहरु सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित भएका छन् ।
सुनसरी क्षेत्र नं. ४ मा आज सम्पन्न प्रतिनिधिसभा क्षेत्र अधिवेशनमा देउवा समूहले क्लीन स्वीप गरेको हो । त्यहाँबाट २६ जना महाधिवेशन प्रतिनिधि छानिएकोमा २६ जना नै देउवा समूहका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएको सुनसरी–४ को भर्खरै सार्वजनिक मत परिणाम अनुसार देउवा समूहले उत्साहजनक नतिजा पाएको छ ।
उक्त क्षेत्रमा पहिले सहमतिका आधारमा प्रतिनिधि छनौट गर्ने विषयमा छलफल भएपनि सहमति नजुटेपछि निर्वाचनमार्फत् सौहार्दपूर्ण प्रतिस्पर्धा भएको थियो । प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनबाट केन्द्रीय कार्यसमिति छान्ने महाधिवेशन प्रतिनिधि चुनिन्छन् ।
अहिले एक जिल्ला एक निर्वाचन क्षेत्र रहेका जिल्लाहरू र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन भैरहेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया