बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

बुधबार थपिए ३३२ संक्रमित

फाइल तस्बिर

काठमाडौँ- देशभर ३३२ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ९२० जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ३०५ र एन्टीजेन्ट विधिबाट २७ जनामा कोभिड पुष्‍टि भएको छ ।

२४ घण्टामा २ सय ३२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १ हजार १ सय २२ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी ४ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय १३ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ७ हजार ३ सय ६९ जना छन् ।

आईसीयूमा २०६ र भेन्टीलेटरमा ४० जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार ९ सय ८१ , संस्थागत आईसोलेशनमा ३ सय ८८ र क्वारेन्टाइनमा ९८ जना छन् ।