इमेलमा प्रयोग हुने 'सिसी' र 'बिसिसी' के हो ?

काठमाडौँ - सन् १९७१ मा अमेरिकी कम्प्युटर प्रोगामर 'रे टमिल्सन' आफैलाई इमेल पठाए । त्यसदेखि आजसम्म पनि इमेलमा प्रयोग गर्ने अधिकांश भाषा एउटै छ। हामीले इमेलमा पठाउँदा हाम्रो इमेल ठेगाना र प्राप्त गर्ने ठेगानासँगै हुने सिसी र बिसिसी शब्द देखिन्छ । आखिर के हो त सिसी र बिसिसी भन्ने शब्द यसको प्रयोग कस्तो अवस्थामा गरिन्छ? हामीमध्ये कतिपयलाई यसमा प्रयोग हुने सिसी र बिसिसी भनेको के हो जानकारी नहुन सक्छ । यदि आज हामी यहाँ इमेलमा प्रयोग हुने केही शब्दहरूको बारेमा जानकारी दिन्छौँ ।
इमेलमा सिसीको अर्थ के हो?
इमेलमा सिसी भनेको कार्बन प्रतिलिपि हो। जब तपाईंले यो इमेलमा कसैको ठेगाना टाइप गर्नुहुन्छ, तपाईंले पठाउने भनेको आफ्नो इमेलको प्रतिलिपि हो। यो तपाईंले प्रयोग गरिरहनुभएको कुनै पनि इमेल प्रविधिमा लागू हुन्छ।
इमेलमा प्रयोग हुने सिसी भने कागजमा कार्बन प्रयोग गरि प्रत्तिलिपी निकाल्नेबाट आएको शब्द हो । कागजको चिठीपत्र आदान प्रदान गर्दा प्रयोग गरिने सिसीलाई पनि इमेलमा प्रयोग गरिएको हो । एकैपटक धेरैलाई इमेल पठाउँदा सिसी प्रयोग गर्नुभयो भने पठाएका इमेल भने सबैको ठेगानामा देखिनेछ ।
बिसिसी को अर्थ के हो?
बिसिसी भनेको ब्लाइन्ड कार्बन कपी हो र यसले सिसी जस्तै काम गर्छ । तर यसमा भने तपाईंको इमेल सिसी भन्दा केही गोप्य तरिकाले अरुको ठेगानामा पुग्छ । यदि एकैपटक धेरैलाई इमेल गर्नुपर्यो भने बिसिसी प्रयोग गर्दा तपाईंले पठाएका अन्य इमेल ठेगाना इमेल प्राप्त गर्ने ठेगानामा देखाउँदैन् । यसले गर्दा तपाईंले पठाएका इमेल एकस्टेप सुरक्षित रहने गर्छ । एकैपटक धेरैलाई इमेल गर्दा अन्यको इमेल प्रापकलाई देखाउन चाहानुहुन्न भने बिसिसी गर्नुहोस् ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३१ औं कार्गो दिवस मनाउँदै

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ जारी

प्रतिक्रिया