पिएसजीद्वारा टुचेल बर्खास्त, पोचेटिनो वा एलेग्री नयाँ प्रशिक्षक बन्न सक्ने

काठमाडौं : पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ । सन् २०१८ को मेबाट पिएसजीको प्रशिक्षक रहेका जर्मन प्रशिक्षक टुचेललाई क्लबका स्पोर्टिङ निर्देशक लियोनार्दोले बर्खास्त गरेको फ्रान्स तथा जर्मनीका सञ्चारमाध्यमले जनाएका छन् । यद्य यद्यपि पिएसजी प्रशासनले भने यसबारे केही बताएको छैन ।
फ्रान्स आएपछि पिएसजीलाई लगातार दुई पटक लिग जिताएका टुचेल र क्लबका स्पोर्टिङ निर्देशक लियानार्दोबीचको सम्बन्ध खराब रहँदै आएको थियो । जारी लिग वान सिजनमा १७ खेलबाट ३५ अंक बटुल्दै तेस्रो स्थानमा रहेको पिएसजीको प्रशिक्षक बर्खास्तीको निर्णयलाई अनेपक्षित मानिएको छैन ।
टुचेलको बर्खास्तीसँगै पिएसजीको नयाँ प्रशिक्षक को बन्ने भन्ने बारेमा अड्कलबाजी सुरु भएको छ । फ्रान्स तथा बेलायती मिडियाका अनुसार पिएसजीको प्रशिक्षक बन्ने दौडमा टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो तथा एसी मिलान र युभेन्टसलाई लिग जिताएका मासिमिलानो एलेग्री अगाडि छन् ।

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

नेपाललाई यू-१६ इस्ट जोन कपको उपाधि

एन्फा यु-१६ असार २० बाट सुरु

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

प्रतिक्रिया