शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

सुर्खेत - नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । खड्काले खुला पुरुष तर्फ सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् । 

महामन्त्री खड्का लामो समयदेखि प्रतिनिधिसभामा यसै क्षेत्रबाट निर्वाचनमा उम्मेद्वार बन्दै आएका थिए । करिब नौ सय प्रतिनिधि रहेको सो क्षेत्रमा उनले कार्यकर्ताबाट अनुमोदित हुनका लागि उम्मेदवारी दिएका हुन् ।

खड्का सोझै महाअधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि उनको चाहना अनुरुप नागरिकबाट अनुमोदित भएर उम्मेद्वारी दिएका हुन् ।