कोभिडविरुद्ध खोप लगाइसकेको यात्रा सहज बनाउन नेपाल र भारतबीच समझदारी

काठमाडौँ - कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि नेपाल र भारत सरकारबीच समझदारी भएको छ । नेपाल र भारतीय स्वास्थ्य मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको भारतीय दूतावासले जनाएको छ ।
मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा स्वास्थ्य मन्त्री विरोध खतिवडाको उपस्थितिमा भारतीय राजदूत विनय मोहन क्वात्रा र स्वास्थ्य सचिव डा रोशन पोखरेलबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
पूर्ण रुपमा कोभिड-१९ खोप लगाइसकेका दुवै राष्ट्रका यात्रुहरुको यात्रा सहज बनाउन यो समझदारी पत्र एक महत्वपूर्ण कदम हुनुका साथै भारत र नेपालबीचको कोभिड-१९ सम्बन्धी बलियो सहकार्य र समन्वयमा अर्को कोशेढुङ्गा साबित हुने दूतावासले जनाएको छ ।

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

प्रतिक्रिया