साओमीकोे एयर कम्प्रेसर र प्युरिफायर-३ नेपालमा

काठमाडौँ - विश्वस्तरिय ब्रान्ड साओमीले नेपाली बजारमा मी पोर्टेबल इलेक्ट्रिक कम्प्रेसरका साथमा मी एयर प्युरिफायर–३ ल्याएको छ । कम्पनीले १५० पीएसआइ रेटिङ भएको टायरहरूको लागि उपयुक्त पकेट साइजमाको शक्तिशाली वायरलेस एयर कम्प्रेसर र ट्रिपल लेयर फिल्टरेशन सहितको साओमीको नवीनतम स्मार्ट एयर प्युरिफायर – मी एयर प्युरिफायर–३ बजारमा ल्याएको हो ।
प्रोडक्ट सार्वजनिक गर्दै आयातकर्ता ग्लोबल टेक्नोलोजीले छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मको लागि यी उपकरणहरु अत्यन्त उपयोगी रहने दाबी गरेको छ ।
मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक शक्तिशाली पकेट आकारको उपकरण हो जसको सहायताले बाहिरी पावर सप्लाई बिनै आफ्नो गाडी, मोटरसाइकल वा साइकलको कुनै पनि फ्ल्याट टायर जुनसुकै समयमा, जहाँ भए पनि पूर्ण आत्मविश्वासको साथ इनफ्लेट गर्न सक्ने कम्पनीले बताएको छ ।
त्यस्तै गरि मी एयर प्युरिफायर–३ साओमीको लाइन–अपमा रहेको सबैभन्दा नवीनतम स्मार्ट एयर प्युरिफायर रहेको कम्पनीको भनाई छ ।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया