‘देउवाले प्रधानमन्त्री हुनुस् भनेका थिए, अहिले उहाँलाई नै बनाउनुपर्यो'

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएको बताएका छन् । प्रधानमन्त्री पद त्यागेर वैचारिक एकता, जनताप्रतिको निष्ठा र स्थिरताका लागि एमालेसँग एकता गरेको भन्दै दाहालले अहिले पुरानै अवस्थामा आइपुगेको बताए ।
‘देउवाले ५ वर्ष प्रधानमन्त्री हुनुस्, सबै मन्त्री राख्नुस् लेखेर दिन्छु भन्दा पनि मानिएन । वैचारिक एकता, निष्ठालाई प्राथमिकता दिइयो’, उनले भने, ‘अहिले देउवालाई प्रधानमन्त्री भइदिनुस् खानुस् भन्ने अवस्था आयो । देउवाजीलाई धन्यवाद छ मानिदिनुभयो ।’
अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले थपे, ‘त्यसैअन्तर्गत बालुवाटार, बालकोट र सातै प्रदेशबाट आउट गरियो नि त ।’ न्युजकारखाना

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया