‘पर्यटकको बसाइँ लम्बाउन पैदलमार्ग आवश्यक छ’
पोखरा - गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन फेवाताल किनारमा पैदलमार्ग आवश्यक भएको बताएका छन् । अनदु गुरुङ समाजले पोखरा महानगरपालिका–२२ तालपारीस्थित अनदुमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले प्रत्येक पर्यटकको बसाइँ अवधि लम्ब्याउन फेवातालको किनार क्षेत्रमा ‘फुट्याक’ निर्माण गर्न आवश्यक भएको बताएका हुन् ।
फेवातालबाट नजिक भएर पनि यहाँको माथिल्लो तथा तल्लो क्षेत्रका बासिन्दा अझै पनि विकासमा पछि परेकाले ताल वरपरकोे विकाससँगै पर्यटकीय गतिविधि सञ्चालन हुनुपर्नेमा मन्त्री बरालले जोड दिए । ऐतिहासिक तथा पुरात्तात्विक वस्तु संरक्षण गर्न र आफ्नो थातथलो नछाड्न आग्रह गर्दै उनले भने, “सडक, गोरेटो बाटोलगायत पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश सरकारको प्राथमिकतामा रहने छ ।”
वडाध्यक्ष मित्रलाल बरालले कोरोनाले गर्दा अनदु क्षेत्रमा बजेट व्यवस्थापन गर्न नसकिएको बताउँदै अबका दिन फेवातालको ३० देखि ३५ मिटरको मापदण्डकायम गर्न आग्रह गरे ।
माओवादी केन्द्र वडा इन्चार्ज त्रिभुवन पौडेल, वडाकमिटी अध्यक्ष नवराज बराल अनदु टोल विकास संस्थाका अध्यक्ष दीपेन्द्र गुरूङ, सदस्य मात्रिकाप्रसाद बरालले अनदुमा बाटो पहिलो आवश्यकताको विषय भएको सामूहिक धारणा व्यक्त गरेका थिए । रासस

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया