सहरमा नयाँ रियालिटी सो , विजेतालाई २५ लाख

काठमाडौँ– गायन रियालिटी सोको भिडमा नयाँ गायन सो थपिएको छ । भ्वाइस स्टार नेपालले गायक लक्षित ‘नेपालल्स सिङ्गिङ सुपरस्टार’ आयोजना गर्न लागेको हो । यो प्रतियोगितामा विजयी प्रतियोगीले २५ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यो गायन रियालिटी सो इमेज च्यानलबाट प्रसारण हुने भएको छ । सोमबार इमेज टिभी एचडी र भ्वाइस स्टार नेपालबीच सम्झौता भएको छ । ईमेज एचडीका तर्फबाट कार्यकारी अधिकृत महेन्द्र विष्ट र नायव महाप्रबन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका तर्फबाट क्रियटिभ डाइरेक्टर रवि श्रेष्ठ र सुरज जोशीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
‘नेपाल्स सिङ्गिङ सुपरस्टार’मा सांगीतिक क्षेत्रमा संघर्षरत गायक÷गायिका तथा दूरदराजमा रहेका प्रतिभालाई स्थान दिइने निर्देशक रवि श्रेष्ठ बताए । रविका अनुसार सोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरूको छनोट गरिनेछ । डिजिटल अडिसन पुसको पहिलो साताबाट खुल्ला हुनेछ । डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ ।
२५ श्रृंखलासम्म चल्ने प्रतिष्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउनेछन् । विजेताको घोषणा दर्शकले दिएको भोटका आधारमा नै हुनेछ । भोटका लागि सजिलो पे भोटिङ पार्टनर बनेको छ ।सोको निर्णायकहरु पक्का भइसकेका छन् । तर, प्रचारको लागि ‘गेस द जजेज’ क्याम्पेन हुनेछ । उक्त क्याम्पेनमा विजयी हुनेले उचित पुरस्कार पाउनेछन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया