कांग्रेस भोजपुरको सभापतिमा बान्तवा

भोजपुर- नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन् ।
पार्टीको चौधौँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उहाँले ४१५ मत ल्याएका थिए ।
वान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याएका थिए ।
तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउनेबीच पुनः निर्वाचन हुने अवस्था थियो तर निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तावालाई नै सभापति बनाइएको कांग्रेसका एक नेताले बताए ।
जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको ६० मत बदर भएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया