कांग्रेस महाधिवेशन : जिल्ला सभापतिका प्रत्यासी पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित

चितवन - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको केन्द्रीय महाधिवेशन प्रतिनिधिको चुनावमा जिल्ला सभापतिका प्रत्यासी जगन्नाथ पौडेल पराजित भएका छन् । चितवन निर्वाचन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवारी दिएका जिल्ला सभापतिका प्रत्यासी पौडेल पराजित भएका हुन् । सभापतिको लागि प्रचारप्रसार गर्दै आएका पौडेलको जिल्ला सभापति बन्ने चाहना टुंगिएको छ ।
महाधिवेशन प्रतिनिधि बन्न एक क्षेत्रबाट खुल्लामा १० जना उम्मेदवार मात्रै निर्वाचित हुन सक्ने व्यवस्था छ । पौडेल त्यो १० उम्मेदवारभित्र पर्न नसकेको क्षेत्र नं २ का कांग्रेस महाधिवेशन निर्वाचन अधिकृत श्रीराम सापकोटाले बताए । जिल्ला सभापतिमा पौडेलसहित आठ जनाले आकांक्षा देखाएका थिए । आकांक्षीहरुको सूचीबाट पौडेलको नाम हटेसँगै अब सात जना मात्र भएका छन् । पौडेल वरिष्ठ अभिवक्ता एवं पूर्व सांसद समेत हुन् ।
कांग्रेसले महाधिवेशनको घोषणा गरेसँगै जिल्ला सभापतिको लागि उनले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्षसमेत बनिसकेका पौडेल बालकुमारी कलेज नारायणगढका स्थापनाकर्ताहरू मध्येका एक हुन् । हाल उनी सोही क्याम्पसको सञ्चालक समितिका अध्यक्ष हुन् ।
२०४९–२०५३ मा तत्कालीन भरतपुर नगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि जनप्रतिनिधिका रूपमा पनि काम गरेका पौडेलले राष्ट्रिय सभा सदस्य भएर पनि काम गरिसकेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया