कांग्रेससहित तीन दललाई आज ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आज थप तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । नेपाल बार र बार सर्वाेच्चले आज सत्ता घटक नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) तथा प्रतिपक्षी नेपाल मजदुर किसान पार्टीलाई ध्यानाकर्षणपत्र बुझाउन लागेका हुन् । बारले सोमबार नेकपा एमाले, माओवादी केन्द्र, जनता समावादी, राष्ट्रिय जनमोर्चा तथा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।
जबराले संवैधानिक प्रक्रियाबाट आएकाले राजीनामा नदिने र संवैधानिक प्रक्रिया (महाभियोग)बाटै अघि बढ्ने भनेपछि महिना दिनदेखि आन्दोलनरत कानुन व्यवसायी सोमबारदेखि राजनीतिक दलको दैलोमा पुगेका छन् । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा कानुन व्यवसायीहरु ध्यानाकर्षणपत्र बुझाउने छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया