आज एमाले स्थायी कमिटी बैठक बस्दै, २ बजे ओलीले पत्रकार सम्मेलन गर्ने

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेले साेमबार स्थायी कमिटी डाकेकाे थियाे । तर नेताहरुकाे कार्यव्यस्तता भन्दै बैठक अन्तिम समयमा आएर स्थगित भएकाे थियाे ।
एमालेकाे १०औँ महाधिवेशनकाे तीन दिन अघि स्थायी कमिटी बस्न लागेकाे हाे । बैठकले महाधिवेशन प्रतिनिधि मनाेनयन गर्ने नेता तामाङले जानकारी दिए । एमाले महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ ।
विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिकाे पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयकाे हाराहारीमा महाधिवेशन प्रतिनिधि मनाेनित हुनेछन् । बैठकमा महाधिवेशनकाे तयारी र व्यवस्थापकीय कामबारे छलफल हुनेछ । यसैबीच एमाले अध्यक्ष केपी ओलीले आज नै पत्रकार सम्मेलन गर्दैछन् । महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसाे २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया