मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

ओली समूहले संशोधित विधान र सूची आयोगमा दर्ता गरायो

फाइल तस्वीर

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले ‘अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रयोग गर्दै आएको कार्यकारी अधिकार खारेज’ भएको सूचनासहित संशोधित विधान निर्वाचन आयोगमा दर्ता गराएको छ ।

‘विगतमा अर्का अध्यक्षले प्रयोग गर्दै आएको जिम्मेवारी प्रयोग गर्न पाउने दफा विधानतः बदर भएको’ लिखित जानकारी आयोगलाई दिएको प्रधानमन्त्री ओलीका कानुनी सल्लाहकार बाबुराम दाहालले इकागजलाई जानकारी दिए । ‘अब अर्का अध्यक्षबाट भएको काम–कारवाही विधानतः वैधानिक मानिँदैन’ उनले भने ।

उनका अनुसार, अब प्रथम अध्यक्षको हस्ताक्षरमा मात्रै आधिकारिक निर्णय हुनेछ । त्यसअतिरिक्त अध्यक्षले केन्द्रीय समितिका सदस्यहरू मनोनित गर्न पाउने र केन्द्रीय समितिबाट अनुमोदन गरेमा पुग्नेछ ।

आयोगले संशोधित विधान र ११९९ सदस्यीय सूची पनि बुझाएको जानकारी दाहालले दिए । उनका अनुसार, पार्टी केन्द्रीय समितिबाट भएका निर्णय पनि आयोगलाई बुझाइएको छ ।