दाहाल-नेपाल पक्षले आन्दोलन गर्ने, नारायणकाजीको नेतृत्वमा २५०१ सदस्यीय समिति

काठमाडौं : नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ । बिहीबार बसेको बैठकले श्रेष्ठको नेतृत्वमा प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन २५०१ सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।
केन्द्रीय समिति बैठक चलिरहेको छ । केन्द्रीय कमिटीको बैठकमा महासचिव चयन सम्बन्धी कार्यसूची भने नरहेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूक्ति गर्ने जिम्मा बैठकले स्थायी कमिटीलाई दिएको उनले बताए ।
यसअघि बसेकाे स्थायी समिति बैठकले सर्वोच्च अदालत र निर्वाचन आयोगमा आफ्नो उपस्थिति देखाउने निर्णय गरेको थियाे । बैठकले शुक्रबार बिहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोगमा गएर आफ्नो उपस्थिति देखाउने निर्णय गरेको हो । दाहाल-नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरु सर्वोच्च र निर्वाचन आयोग जाने भएका हुन् ।

संसदीय समितिमा मलेसियाका सांसदसँग अनुभव आदानप्रदान गरिने

संसदका दुबै सदन बस्दै, आजबाट विनियोजन बिधेयकमाथि छलफल

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

धर्म नभएकाले राजनीति गर्दा नागरिकलाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्ध…

‘बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ’ : प्रधा…

‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

"निजी क्षेत्रको समस्या समाधान सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल"

प्रतिक्रिया