एक्लिए गृहमन्त्री : थापा ओलीतिर, राजनीतिक सल्लाहकार दाहालतिर

काठमाडौं : नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पुष्पकमल दाहाल समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीतिर थापा लागे पनि सुवेदी भने बिहीबार बसेको दाहाल समूहको बैठकमा सहभागी भएका हुन् ।
सुवेदीले थापालाई ओली समूहमा नाजन आग्रह गरेको जानकारी दिए । 'गृहमन्त्रीज्यू के कारणले उता लाग्नु भयो थाहा भएन' उनले भने 'तर हामी चैं गएनौं ।' नेकपाका केन्द्रीय सदस्य रहेका लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी पनि दाहाल-नेपाल समूहमा लागेका छन् ।
केही दिनसम्म कुनै समूहमा नलागेका गृहमन्त्री थापा बुधबार साँझ र बिहीबार बिहान बालुवाटारमा बैठक बसेपछि ओलीतिर लाग्ने टुंगोमा पुगेका थिए । थापा ओलीतिर लागेपछि एक्लिएका छन् । थापा समूहका अन्य नेताहरु सबै दाहाल समूहमा लागेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया