एमालेको नेतृत्वमा मात्रै देशको समृद्धि र जनताको सुख सम्भव : रामबहादुर थापा

काठमाडौँ - नेकपा एमालेका नेता रामबहादुर थापाले एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि र जनताको सुख सम्भव रहेकाे बताएका छन् । एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पार्टीको दशौं महाधिवेशनबाट केपी ओली नेतृत्वको केन्द्रीय कमिटी निर्माण गरिने पनि उनले बताए ।
महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजकसमेत रहेका थापाले आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउने गरी ओलीको नेतृत्वमा सक्षम केन्द्रीय कमिटी निर्माण गरिने दाबी गरे ।
परमादेशबाट बनेको सरकार र सत्तारूढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः सत्तामा पुग्न पनि ओलीजस्तो सक्षम नेता पार्टीका लागि आवश्यक रहेको बताए । ‘एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि र जनताको सुःख सम्भव छ । त्यसैले यो सन्देश हामी १० गते चितवनमा हामी पाँच लाख जनता ल्याएर हामी यो सन्देश दिन चाहन्छौं,’ नेता थापाले भने ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया