एमालेमा उमेर हदका कारण बाहिरिँदै छन् यी नेता

काठमाडौँ - एमालेको आसन्न महाधिवेशनको नेतृत्व र पदाधिकारीमा कसले बाजी मार्ला भन्ने बहस चुलिएको छ । तर, यो महाधिवेशनले केही नेताहरूलाई भने बिदाइ गर्दैछ । गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेरहद लागु गरेका कारण एमालेको शक्तिशाली भूमिकामा रहदै आएका कम्तीमा चार जना नेता चितवन महाधिवेशनबाट बिदाइ हुँदैछन् ।
अध्यक्षमा पुनः अनुमोदन हुन लागेका केपी ओली मंसिरमा नभई ११ फागुनपछि महाधिवेशन भएको खण्डमा १०औं महाधिवेशनबाटै बिदाइ हुने थिए । किनकि, ११ फागुन २०७८ मा उनी ७० पुगेर ७१ लाग्दैछन् ।
विधान महाधिवेशनले ७१ वर्ष लागेपछि पार्टीको कार्यकारी भूमिकामा बस्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार तीन महिना चाँडो अधिवेशन भएका कारण ओली जोगिए पनि अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा भने चितवन महाधिवेशनबाटै एमालेको कार्यकारी भूमिकाबाट बिदा हुँदैछन् । उनी ७३ वर्षका भइसकेका छन् ।
बोहोरासँगै मधेसका शक्तिशाली मानिने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल पनि चितवन महाधिवेशनबाटै ‘रिङ आउट’ हुँदैछन् । उनी ७० वर्ष पुगिसकेका छन् । अर्का स्थायी कमिटी सदस्य केशव बडाल पनि ७२ वर्षका भइसकेका छन् । त्यसैले उनी पनि चितवन महाधिवेशनबाट एमालेको सक्रिय भूमिकाबाट अलग हुँदैछन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया