साेमबार थपिए ३८५ जना संक्रमित

काठमाडौँ - देशभर ३८५ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२ हजार ६९७ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ३६७ र एन्टीजेन्ट विधिबाट १८ जनामा कोभिड पुष्टि भएको छ ।
२४ घण्टामा २ सय ५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ६१७ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी ४ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय जनाको मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । देशभर सक्रिय संक्रमित ७ हजार २ सय ६९ जना छन् ।
आईसीयूमा २३० र भेन्टीलेटरमा ५५ जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार ८ सय २७ , संस्थागत आईसोलेशनमा ४ सय ४२ र क्वारेन्टाइनमा ९८ जना छन् ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया